देश/प्रदेश

काभ्रेपलाञ्चोकको रोशीमा गतवर्षको बाढीको प्रभाव उस्तै, छैन चुनाबी चहलपहल

Banner

काभ्रेपलाञ्चोक ,फागुन १४ –

अहिले देशभर चुनाबी माहोल छाएको छ । नयाँ पुस्ता जेन जी आन्दोलनपछि गठित अन्तरिम सरकारले यही फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गर्दै छ ।

२०८१ को असोज दोश्रो साता आएको भिषण वर्षाका कारण काभ्रेपलाञ्चोक निर्वाचन क्षेत्र २ अन्तर्गतको रोशी क्षेत्रमा भने चुनावको खासै चहलपहल देखिँदैन ।

जनवायु परिवर्तन सँगै अव्यवस्थित रुपमा सञ्चालन गरिएको खानीका कारण सो क्षेत्रका अधिकांश स्थानीयहरू घर, खेत बगाउँदा उनीहरू विस्तापित हुनु परेको छ ।

सो क्षेत्रमा यस पटकको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सहित स्वतन्त्र उम्मेदवारबीच प्रतिस्पर्धा हुँदै छ, तर पनि उनीहरू खुलेर भोट माग्न नआएको स्थानीय राधिका के.सी बताऊछन् । निर्वाचनका लागि नेताहरु बाटोतिर हिँडेको देखे पनि भोट माग्न प्रत्यक्ष रुपमा घरदैलोमा नआएको उनले बताइन् ।

घर, खेत बगरमा परिणत भएको उनीहरूले राहतको नाममा २,३ बोरा चामल र केही रकम भने पाएका छन् । तर स्थानीय समस्या समाधानका लागि स्थानीय निकाय, सरकारले पनि बेवास्ता गरेको उनीहरू बताउँछन्।

प्रतिनिधिसभा सदस्य निर्वाचन-२०७९ मा प्रत्यक्षतर्फ सो क्षेत्रबाट एमालेका गोकुल बाँस्कोटाले ४५ हजार ३४५ मत ल्याएर विजयी भएका थिए ।

यसपटक एमालेका ५४ वर्षीय केन्द्रीय सदस्य अशोककुमार ब्याञ्जू, कांग्रेसका तर्फबाट ६१ वर्षीय केन्द्रीय सदस्य मधुप्रसाद आचार्य, रास्वपाबाट ३३ वर्षीय बदनकुमार भण्डारी र नेकपाबाट ५५ वर्षीय बसुन्धरा हुमागाईंले उम्मेदवारी दर्ता गराएका छन् ।

दुईदिने झरीमा उर्लिएर आएको रोशीले पनौती नगरपालिका र रोशी गाउँपालिकाका कैयौं बस्ती बगायो। घरखेत बगरमा परिणत भए। जनधनको ठूलो क्षति भयो। “रोशी खोला छेउछाउका कैयौं बस्ती सखाप भएका छन्। घरखेत, विद्यालय, पक्की पुल बगेका छन् र हाल सम्म पनि पुननिर्माण नहुँदा सो क्षेत्रको अवस्था जस्ताका त्यस्तै रहेको छ ।

तस्बिर:विजेन अमात्य

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>