देश/प्रदेश
डाडाँफायाँमा एक किशोरी झुन्डिएको अवस्थामा मृत फेला
०

अदानचुली (हुम्ला), फागुन ११ –
जिल्ला सदरमुकाम सिमकोट गाउँपालिका–७ को डाडाँफायाँमा एक किशोरी झुन्डिएको अवस्थामा मृत फेला परेकी छन् । आइतबार राति ११ः०० बजे १७ वर्षीया निशा सुनार आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शङ्कर खड्काले जानकारी दिनुभयो ।
“ती किशोरी राति आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परेकी भन्ने खबर आएपछि प्रहरी निरीक्षक जङ्गबहादुर सिंहको नेतृत्वको टोली अहिले घटनास्थल पुगेको छ, विस्तृत जानकारी आउने क्रममा छ”, उहाँले भन्नुभयो । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























