देश/प्रदेश

आज ‘राष्ट्रिय प्रजातन्त्र दिवस’ सार्वजनिक बिदा

Banner

काठमाडौं – आज ७६औँ  “प्रजातन्त्र दिवस” देशका विभिन्न भागमा विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ। प्रजातन्त्र दिवसको अवसरमा सरकाले आजका लागि सार्वजनिक बिदासमेत दिएको छ ।

प्रजातन्त्र दिवसका अवसरमा मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा आज बिहान आयोजना हुने कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुने कार्यक्रम छ।

 

कार्यक्रममा मुलुकमा प्रजातन्त्र स्थापनाका लागि भएका विभिन्न सङ्घर्षमा जीवन उत्सर्ग गरेका ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जली अर्पण गरिने छ।

प्रजातन्त्र दिवस समारोहमा प्रधानमन्त्री सुशीला कार्कीसँगै संवैधानिक अंगका प्रमुखको उपस्थिति रहने छ । सरकारले प्रजातन्त्र दिवसका अवसरमा आज सार्वजनिक बिदा दिएको छ।

 

नेपालको इतिहासमा जहानियाँ राणा शासनको अन्त्य भई प्रजातन्त्रको प्रादूर्भाव भएको गौरवपूर्ण र अविस्मरणीय दिनका रूपमा २००७ फागुन ७ गतेलाई लिने गरिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>