चितवन विशेष

तेह्रसाल चोकमा स्कुटर अनियन्त्रित हुँदा गम्भीर घाइते भएका पोख्रेलको उपचारको क्रममा निधन

Banner

चितवन फाल्गुन ५ –

चितवनको भरतपुर महानगरपालिका–७ स्थित तेह्रसाल चोकमा स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका शम्भु पोख्रेलको चितवन मेडिकल कलेजमा उपचारको क्रममा  मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार फागुन ३ गते राति करिब १० बजेको समयमा बा प्र ०६ ००१ प ४३३७ नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटना भएको थियो । उक्त्त दुर्घटनामा परि टाउकोमा गम्भीर चोट लागेको पोख्रेलको हिजो उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>