देश/प्रदेश
प्रतिनिधिसभा निर्वाचनका लागि भारतद्वारा नेपाली सेनाका लागि ५० सहित ५८९ सवारीसाधन हस्तान्तरण

काठमाडौँ, माघ २९-
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै भारत सरकारले नेपाल सरकारलाई उपहार स्वरूप सवारी साधन तथा अन्य सामग्री हस्तान्तरण गरेको छ। गृह मन्त्रालयमा आज आयोजित एक कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले उक्त सामग्री हस्तान्तरण गरेका हुन्। कार्यक्रममा गृहमन्त्री, नेपाली सेनाका प्रमुख, नेपाल प्रहरी प्रमुख लगायत उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो।भारत सरकारले पहिलो चरणमा ६२ वटा, दोस्रो चरणमा २५४ वटा र तेस्रो चरणमा २२३ वटा गरी कुल ५८९ वटा सवारीसाधन हस्तान्तरण गरेको जनाएको छ। साथै आजकै कार्यक्रममा नेपाली सेनाका लागि ५० वटा सवारीसाधन समेत हस्तान्तरण गरिएको छ।
निर्वाचन प्रयोजनका लागि आवश्यक सवारीसाधन उपलब्ध गराउन गृह मन्त्रालयले अर्थ मन्त्रालयमार्फत भारत सरकारसँग वस्तुगत सहायताको अनुरोध गरेको थियो। सोही अनुरूप भारत सरकारले सवारीसाधन उपलब्ध गराएको हो।
तस्बिरहरूः नेपाल फोटो लाइब्रेरी



























