चितवन विशेष

देवघाटमा जारी शतचण्डी महायज्ञ एवं देवघाट माघ–महोत्सवको समय अवधि फागुन ३ गतेसम्म थप गरियो

Banner

चितवन, माघ २९-

पवित्र धार्मिक स्थल देवघाटधाममा जारी शतचण्डी महायज्ञ एवं देवघाट माघ–महोत्सवको समय अवधि थप गरिएको छ । माघ १९ गतेदेखि जारी महोत्सवको समय अवधि थप गरेर फागुन ३ गतेसम्म पुर्याइएको आयोजकले जानकारी दिएको छ । देवघाट गाउँपालिका–५ टाउनचोकमा रहेको दुर्गा पान्चायन मन्दिर (राम राम मन्दीर) को आयोजनामा यही २९ गतेसम्म शतचण्डी महायज्ञ एवं देवघाट माघ–महोत्सव हुने भनिएको थियो । दर्शनार्थीको माग अनुसार महोत्सवको समय अवधि थप गरिएको आयोजकले जानकारी दिएको छ । भागवत बाचक आचार्य शीतल कृष्णको संकल्पमा सो देवघाट माघ–महोत्सव तथा शतचण्डी महायज्ञको आयोजना गरिएको हो ।

शतचण्डी महायज्ञ एवं देवघाट माघ–महोत्सवका सकल्पकर्ता भागवत बाचक आचार्य शीतल कृष्ण महाराजले देवघाटमा रहेको निकै पुरानो दुर्गा पान्चायन मन्दिरको जिर्णाद्वारा तथा आश्रम निर्माण गर्ने उद्देश्यले धार्मिक महोत्सवको आयोजना गरिएको बताए । ऋषिमुनीहरुको तपोभुमीको रुपमा लिइने तथा पवित्र त्रिशुली र कालीगन्डकीको संमगमा माघ महिनामा स्नान गर्नाले ठुलो पुण्य प्राप्त हुने विश्वास छ । सोही अनुसार देवघाटमा मकर स्नान गर्न भक्तजनलाई निमन्त्रणा गर्ने उद्देश्यले देवघाट माघ–महोत्सव तथा शतचण्डी महायज्ञ आयोजना गरिएको आचार्य शीतल कृष्णले बताए ।

देवघाट स्थित गलेश्वर आश्रम, महेश सन्यास आश्रम र हरिहर आश्रमका पिठाधिशले संयुक्त रुपमा उक्त महायज्ञको शुभारम्भ गरेका थिए । दुर्गा पान्चायन मन्दिरको रुपमा चिनिने राम राम मन्दीरमा ४० वर्ष देखी अखण्ड रुपमा बलीरहेको अग्नीधुनीमा महायज्ञको अवसरमा आफ्नै घरबाट लगेको चरु हवन गर्न पाइने महायज्ञका संकल्पकर्ता आचार्य शीतल कृष्णले बताए ।

महायज्ञको क्रममा तनहुँ तर्फ मन्दिर रहेको स्थानमा १११ चण्डीपाठन तथा अग्नीधुनीमा चरु हवनको कार्यक्रम हुने र चितवन तर्फ नारायणी किनारमा निर्माण गरिएको विशाल पाण्डालमा नियमित कथा वाचन, भजन र नृत्यका कार्यक्रम तथा साँझमा गण्डकी आरती भइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>