देश/प्रदेश
एनसेल फाउन्डेसनद्वारा ‘सेफर इन्टरनेट टुगेदर’ कार्यक्रम सुरु

काठमाडौं, माघ २८-
एनसेल फाउन्डेसन र नासा सेक्युरिटीजले देशव्यापी रूपमा ‘सेफर इन्टरनेट टुगेदर (एसआईटी)’ कार्यक्रम सुरु गरेको छ । सुरक्षित इन्टरनेट दिवस २०८२ को अवसरमा (हिजो) मंगलबार एनसेल र नासा सेक्युरिटीजले एसआईटी कार्यक्रम सुरु गरेको हो ।
यो सामाजिक अभियानले देशभरका विद्यालयहरुमा पुगेर साइबर सुरक्षा, डेटा गोपनीयता तथा डिजिटल सुरक्षा लगायतका पक्षहबारे विद्यार्थीहरुलाई ज्ञान प्रदान गर्ने लक्ष्य राखेको छ । जसले ५० हजारभन्दा बढी विद्यार्थी, शिक्षक तथा समुदाय सदस्यहरू लाभान्वित हुने एनसेल र नासा सेक्युरिटीजको अपेक्षा रहेको छ ।
नमुना परियोजनाका अन्तगत एनसेल र नासा सेक्युरिटीजले यो कार्यक्रम बागमती, गण्डकी र मधेस प्रदेशका सरकारी, सामुदायिक तथा निजी विद्यालयका कक्षा ३ देखि १२ सम्मका विद्यार्थीहरूलाई लक्षित गरेको छ । पहिलो चरणमा तीन प्रदेशमा सफल कार्यान्वयन पश्चात यो अभियान आगामि आर्थिक वर्षमा अन्य प्रदेशमा पनि सञ्चालन गर्ने एनसेल र नासा सेक्युरिटीजको योजना छ ।


























