निर्वाचन

पूर्वाधार विकास र सुरक्षा बाँके–२ का सीमावासीका माग

Banner

राँझा (बाँके), माघ –

प्रतिनिधिसभा क्षेत्र नम्बर २ का सीमावर्ती क्षेत्रका मतदाताले विगतका हरेक निर्वाचनमा आश्वासन पाएको तर ती पूरा नभएको जनाउँदै पूर्वाधार विकास र शान्तिसुरक्षा सुदृढ हुनुपर्ने माग गरेका छन् ।

सीमावर्ती क्षेत्र हिरमिनिया, होलिया, पिप्रहवा र जमुनाहका मतदाताले पूर्वाधार विकासलाई उम्मेदवारसँग आश्वासन होइन वाचा पूरा गर्नेलाई मात्र भोट दिने बताउन बताउन थालेका छन् ।

नेपालगञ्ज उपमहानगरपालिका–१५ पिप्रहवाका कैलाश यादव भारतले सीमावर्ती क्षेत्रमा बाँधजस्तो सडक बनाएर नेपाली भू–भाग डुवानमा पर्ने गरेको हुँदा नेपाली भूमिमा पनि सडक निर्माण गर्नुपर्ने माग गर्नुहुन्छ । पिप्रहवाका सबैको यही माग भएका दोहोर्याउदै उहाँ चोरी–डकैती हुन नदिन आफूहरूले सुदृढ सुरक्षा व्यवस्थाका निम्ति अनुरोध गर्दै आएको बताउनुभयो ।

बाँकेको तीनवटै निर्वाचन क्षेत्रको भूभाग भारतसँग जोडिएको छ । पैसट्ठी किलोमिटर क्षेत्र नेपाल–भारत सीमासँग जोडिएको छ। भारतको बहराईच जिल्लासँग जोडिएको यो क्षेत्रका बासिन्दाले अहिलेको चुनावमा घरदैलोमा आउने उम्मेदवारलाई सडक विकास, खानेपानी र डुबान समस्या समाधानको माग गरेका छन् ।

बाँके क्षेत्र नं २ मा नेकपा ९एमाले०बाट इस्तियाक राई, नेपाली कांग्रेसका उम्मेदवार सुधांशु कोइराला, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ऋषिराज देवकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट विवेक श्रेष्ठ तथा नेपाली कम्युनिस्ट पार्टीबाट दीपेन्द्र विष्टसहित २० जना उम्मेदवारसँग मतदाताले पूर्वाधार विकास र सुरक्षालाई प्राथमिकताका साथ उठाएका छन् । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>