घटना -दुर्घटना
सल्यानमा बोलेरो जीप दुर्घटनामा चालकको मृत्यु
०

काठमाडौँ, माघ २८ –
सल्यानमा बोलेरो जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
राप्ती लोकमार्ग अन्तर्गत सल्यानको कपुरकोट गाउँपालिका–स्थित तुलसीपुर कपुरकोट सडक खण्डको चोरखोला नजिकै ग१ज ५६६१ नम्बरको डबल क्याब बोलेरो जीप दुर्घटनामा परेको हो । दुर्घटनामा चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनाको कारण खुलेको छैन । मृतकको पनि पहिचान हुन बाँकी छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>



























