देश/प्रदेश

प्रधानमन्त्रीद्वारा भारत सरकारप्रति कृतज्ञता ज्ञापन

Banner

काठमाडौँ, माघ २७ –

प्रधानमन्त्री सुशीला कार्कीले आसन्न निर्वाचनका निम्ति भारतबाट प्राप्त सहयोगका भारत सरकारप्रति कृतज्ञता ज्ञापन गर्नुभएको छ ।

प्रधानमन्त्री कार्कीले नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवसँग आज भएको भेटमा आगामी फागुन २१ गते विशेष अवस्थामा हुन लागेको निर्वाचनलाई सहज रूपमा सम्पन्न गर्न नेपाल सरकारलाई सवारीसाधनका साथै विविध सामग्री उपलब्ध गराएकामा हार्दिक कृतज्ञता ज्ञापन गर्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले राससलाई जानकारी दिनुभयो ।

प्रत्युत्तरमा राजदूत श्रीवास्तवले नेपालको लोकतान्त्रिक प्रक्रियामा सदैव साथ रहने र असल छिमेकीका नाताले सहयोग गर्नु भारतको कर्तव्य भएको बताउनुभयो । साथै निर्वाचनपछि नेपालले हासिल गर्ने लोकतान्त्रिक र संवैधानिक स्थायित्व भारतका लागि पनि महत्वपूर्ण हुने उहाँले बताउनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>