देश/प्रदेश

दार्चुलाको शैल्यशिखरमा एक वृद्धा मृत फेला

Banner

खलङ्गा (दार्चुला), माघ २७ –

दार्चुलाको शैल्यशिखरमा एक वृद्धा मृत फेला परेकी छिन् ।

शैल्यशिखर नगरपालिका–८ देवलकी ७१ वर्षीया लक्ष्मी जोशी आज बिहान आफ्नै घरआँगनमा मृत फेला परेकी हुन् । घरमा एक्लै बस्दै आएकी उनको शव श्कास्पद अवस्थामा भेटिएपछि प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ ।

इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट प्रहरी निरीक्षक निरज भाटको नेतृत्वमा टोली घट्नास्थलमा पुगेको छ । मृतक जोशीले लगाएका सुनका गरगहना लुटपाट भएको र घरभित्र रहेको बाकससमेत तोडफोड गरिएको पाइएको मृतकका नातेदार माधव जोशीले जानकारी दिनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>