देश/प्रदेश
सेवार खोलामा मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु
०

घोराही (दाङ), माघ २६-
घोराही उपमहानगरपालिका–१६ स्थित सेवार खोलामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मृतकको पहिचान खुलेको छैन ।
लु प्र ०२००१ प ११०२ नं को ‘पल्सर’ मोटसाइकल घोराही तुलसीपुर सडकखण्डको सेवार खोलामा गएराति दुर्घटना भएको हुनसक्ने जनाइएको छ ।
आज बिहान उद्धार गरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पु¥याइएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























