देश/प्रदेश

आज मिति २०८२ साल माघ माघ २४ गते शनिबार, यस्तो छ तपाईको राशिफल

Banner

चितवन, माघ २४ –

वि.सं.२०८२ साल माघ माघ २४ गते शनिबार, यस्तो छ ज्योतिषी भुपेन्द्र राज घिमिरेले तयार पार्नुभएको राशिफलः

मेषः

आज स्थान परिवर्तनका विशेष योग देखिन्छन् । विपरित वर्गप्रति आकर्षण बढ्नेछ । अरुलाई प्रभावित पारेर काम बन्ने समय छ । शैक्षिक एवं आर्थिक क्षेत्रमा सफलता मिल्नेछ ।

वृषः

राजनितीक पहुँच बढ्नेछ । सन्तान र अनुयायीले पनि राम्रो प्रसन्नता दिलाउने छन् । परीक्षा र प्रतिस्पर्धामा सफलता मिल्नेछ । आफ्नो मित्रसँग भेटघाट हुनेछ । घुमफिरको विषयमा आकर्षण बढ्नेछ ।

मिथुनः

आज सामान्य खटपटको सम्भावना छ । परोपकारजन्य कार्यमा लगाव बढ्ने छ । लोकप्रियताको अवसर प्राप्त हुनेछ । सुखद समाचारले काममा उत्साह जगाउनेछ । नयाँ कामको योजना समेत बन्ने देखिन्छ ।

कर्कटः

आज केही अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्ने दिन रहेको छ । धार्मिक, सामाजिक र अरुको हित हुने काममा समय व्यतीत हुनसक्नेछ । उद्योग–ब्यापार–ब्यबसाय फस्टाउनेछ । वेलुकी पख खटपटको सम्भावना छ ।

सिंहः

शुभकार्यको चर्चा हुनेछ । वाक्चतुर्याईले सङ्कल्प सिद्ध हुनेछ । नोकरी तथा पेशा व्यवसायमा श्रमअनुरूप फल मिल्नेछ । विभिन्न अवसरले सफलताको फल पनि दिलाउन सक्नेछ । आफन्त वा मित्रहरूको भरपुर सहयोग मिल्नेछ ।

कन्याः

आकस्मिक धनलाभको योग रहेको छ । प्रतिष्ठित कार्य गर्ने मौका छ । वैदेशिक कार्य पनि अघि बढ्नेछ । पारिवारिक जीवनमा शुभ समाचार मिल्नेछ । मायाप्रेम पनि सुमधुर रहने योग छ ।

तुलाः

हल्लाको भर पर्दा दुःख पाईनेछ । कार्यक्षेत्रमा अरुमाथि धेरै विश्वास गर्दा धोखा मिल्न सक्नेछ । चिताएको कामले तीव्रता लिनेछ । बेलुकी पख शुभ समाचार मिल्नेछ ।

बृश्चिकः

आज अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ने दिन रहेको छ । धनसम्पत्तीको लाभ हुनेछ । वैदेशिक क्रियाकलाप बारे चर्चा चल्ने छ । नियमित खर्च अलिक बढ्ने योग छ । बेलुकीपख मन खिन्न रहनेछ ।

धनुः

आज कार्यक्षेत्रमा आत्मविश्वासमा वृद्धि हुनेछ । आर्थिक लाभ हुनेछ । न्यायिक क्षेत्रमा सफल भइनेछ । वैदेशिक क्षेत्रबाट लाभ हुनेछ । भावनात्मक सम्बन्ध सबल हुनेछ । शेयर बजारबाट मनग्य लाभ रहनेछ ।

मकरः

कीर्तिमान कार्य गर्ने अवसर जुट्नेछ । विद्या बुद्धिको विकास हुनेछ । व्यापार व्यावसायमा वृद्धि हुनेछ । युवावर्गलाई करियरमा नयाँ अवसर मिल्नेछ । आफन्तहरूको साथमा रमाइलो समय बित्नेछ ।

कुम्भः

कार्यक्षेत्रमा अनुभवको फाइदा मिल्नेछ । कार्यमा केहि चुनौति पनि देखा पर्नसक्नेछ । संचित धनमा वृद्धि हुनेछ । सामाजिक दायित्व बढ्नेछ । बेलुकी पख शुभसमाचार मिल्नेछ ।

मीनः

सन्तान एवं पारिवारिक सद्भाव बढ्नेछ । व्यापार व्यावसाय फस्टाउनेछ । आँटेको र ताकेको कार्यमा ढिलाई भएपनि पुरा हुनेछ । वेलुकीपख मनमा दुबिधा उत्पन्न हुने र मानसिक चिन्ता बढ्नेछ ।

rashifal

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>