देश/प्रदेश

राष्ट्रिय निकुञ्जसम्बन्धी संसदीय समितिको प्रतिवेदन कार्यान्वयन गर्न सरकारलाई राष्ट्रियसभा अध्यक्ष दाहालको निर्देशन

Banner

काठमाडौँ, माघ २३ –

राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय निकुञ्जसँग सम्बन्धित नीतिगत समस्यासम्बन्धी अध्ययन प्रतिवेदन २०८२ लाई कार्यान्वयन गर्न निर्देशन दिनुभएको छ । सभाको आजको बैठकमा उहाँले उक्त अध्ययन प्रतिवेदनमा समावेश भएका सुझावलाई प्राथमिकताका आधारमा कार्यान्वयन गर्न सरकारलाई निर्देशन गर्नुभएको हो ।

बैठकमा ‘सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको राष्ट्रिय निकुञ्जसँग सम्बन्धित नीतिगत समस्यासम्बन्धी अध्ययन प्रतिवेदन, २०८२’ माथि छलफल भएको थियो ।

उक्त छलफलमा उठेका प्रश्नको जवाफ दिँदै वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईले नेपालले अवलम्बन गरेको संरक्षणमुखी नीतिले दीर्घकालीनरुपमा पारिस्थितिक प्रणालीलाई जोगाइ राख्न सफल भएको बताउनुभएको थियो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>