देश/प्रदेश

झापामा ‘सिरिन्ज’ आक्रमण, एक जनाको मृत्यु

Banner

बिर्तामोड, माघ २३-

भद्रपुर नगरपालिका–१० सत्रविघेमा सिरिन्ज आक्रमण भएको छ । अज्ञात व्यक्तिको आक्रमणमा सोही स्थानका बासिन्दा खेम ढकालको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार बिहीबार साँझ ढकाल छिमेकीको घरबाट आफ्नो निवासतर्फ फर्कँदा अज्ञात व्यक्तिहरूको आक्रमणमा पर्नुभएको हो । आक्रमणबाट गम्भीर घाइते हुनुभएका उहाँको अस्पताल पुर्याउने क्रममा बाटोमा मृत्यु भएको हो ।

आक्रमणमा संलग्न भएको आशङ्कामा प्रहरीले सिरहाका २६ वर्षीय दीपेशकुमार सिंहलाई पक्राउ गरेको प्रहरी प्रवक्ता खगेन्द्रबहादुर खड्काले बताउनुभयो । सिरिन्जमा प्रयोग गरिएको पदार्थबारे जानकारी भइनसकको उहाँले बताउनुभयो ।रासस

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>