देश/प्रदेश

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव : कस्तो रहनेछ आजको मौसम ?

Banner

काठमाडौँ माघ १९-

हाल नेपालको पश्चिमी भू-भागमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ ।

हाल तराई भू-भागका थोरै स्थानहरूमा तुवाँलो लागेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा साधारणतया बादल लागेको र एक-दुई स्थानमा हल्का हिमपातरवर्षा भइरहेको छ साथै कोशी र मधेस प्रदेशमा आंशिक बादल लागेको छ ।

सोमबार तराई भू-भागका केही स्थानहरूमा हुस्सुरकुहिरो रहनेछ। देशका हिमाली भू‍-भागमा साधारणतया बादल लाग्नेछ र बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ । देशका हिमाली भू‍-भागका एक-दुई स्थानमा हल्का हिमपातरवर्षाको सम्भावना रहेको छ ।

 

मंगलबार सबै हिमाली भू-भागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपातरवर्षाको सम्भावना रहेकोले ती भू-भागहरूमा चिसो बढ्ने तथा दैनिक जनजीवन, पर्यटन, पदयात्रा , स्वास्थ्य साथै हवाई तथा सडक यातायातमा प्रभाव पर्ने देखिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>