देश/प्रदेश

बागबजार र बबरमहलमा ‘बक्स कल्भर्ट’ निर्माण गरिँदै

Banner

काठमाडौँ, माघ १७-

काठमाडौँ महानगरपालिकाले बागबजार र बबरमहलमा ‘बक्स कल्भर्ट’ निर्माण गर्ने भएको छ । डुबान र कटानको जोखिम घटाउन ती स्थानमा बक्स कल्भर्ट निर्माण गरिने भएको हो ।

बागबजार नजिक टुकुचा खोलामा बक्स कल्भर्ट निर्माण गरिने महानगरका सबइन्जिनियर दीपकबहादुर शाहीले राससलाई जानकारी दिनुभयो । त्यसका लागि रु ५७ लाख ७२ हजार ६९४ मा आगामी चैत मसान्तभित्र सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको छ ।

त्यसैगरी, बबरमहल भएर बग्ने धोवीखोला किनारको रोजबड स्कूल नजिक पनि रु दुई करोड २१ लाख २३ हजार ८९९ को लागतमा बक्स कल्भर्ट निर्माण गरिने जानकारी उहाँले दिनुभयो । आगामी पुस मसान्तभित्र सम्पन्न गर्नेगरी निर्माण कम्पनीसँग सम्झौता भएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>