समाचार

हिमपातले उपल्लो मुस्ताङसँगको सम्पर्क टुट्यो

Banner

पोखरा, माघ १५-

हिमपातले उपल्लो मुस्ताङको लोमान्थाङ क्षेत्रसँग सदरमुकामको सम्पर्क पूर्णरुपमा टुटेको छ । बाक्लो हिमपातले अहिले कागबेनीबाट माथि जाने अवस्था नरहेको स्थानीय प्रशासनले बताएको छ । मुक्तिनाथ क्षेत्रसम्मको आउजाउ समेत सकसपूर्ण बनेको प्रशासनको भनाई छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लोमान्थाङका प्रमुख उमेश पौडेलका अनुसार लोमान्थाङ क्षेत्रमा बाक्लो हिउँ जमेको छ । घरको छानोमा करिब २ फिटसम्म हिउँ जमेको उनले बताए ।

जाडो छल्न माथिल्लो भेगका बासिन्दा अहिले पोखरा क्षेत्रमा झरेकोले लोमान्थाङ क्षेत्रमा चहलपहल पनि निकै नै कम रहेको उनले बताए । यो बेला लोमान्थाङ क्षेत्रमा जम्मा ५० जनाजति नागरिक रहेको पनि उनले बताए ।
उनका अनुसार जाडो छल्न तल झरेका सर्वसाधारणहरु फागुन लागेपछि मात्र गाउँ फर्किने गर्छन । यो बेला चुनावी गतिविधि हुनुपर्ने भएपनि हिउँ परेको र मतदाता नै गाउँमा नभएपछि चुनावी गतिविधि पनि माथिल्लो क्षेत्रमा हुन नसकेको उनले सुनाए ।

मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी एकनारायण भण्डारीका अनुसार कागबेनी–लोमान्थाङ सडक पूर्ण रुपमा अवरुद्ध रहेका छ । कागबेनीबाट मुक्तिनाथ सम्मको सडक समेत सहज हुन नसकेको उनले बताए । ‘मुक्तिनाथसम्मको सडक संचालनमा आउन सक्ने अवस्था छ । किनकी हिउँ पन्छाएर आउजाउ गराउने प्रयास भईरहेको छ । तर, लोमान्थाङ क्षेत्रको हिउँ भने पन्छाएर सकिने अवस्था छैन ।’ उनका अनुसार सुरक्षाकर्मी र उपकरण प्रयोग गरेर मुक्तिनाथसम्मको सडक खुलाउने प्रयास भईरहेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>