देश/प्रदेश
जिउँदो कछुवा खरिद बिक्री गर्ने पक्राउ
०

काठमाडौँ, माघ १२-
केन्द्रीय अनुसन्धान ब्यूरोले अवैध रुपमा संरक्षित वन्यजन्तु जिउँदो कछुवा ओसारपसार गरी खरिद बिक्री गर्ने एक जनालाई पक्राउ गरेको छ ।
ब्यूरोको टोलीले ललितपुरको धोबिघाटबाट चितवनको भरतपुर महानगरपालिका–१६ का १९ वर्षीय रोहिम तिवारीलाई छ वटा कछुवासहित पक्राउ गरेको हो । निजलाई आवश्यक कानुनी कारबाहीका लागि आज डिभिजन वन कार्यालय गोदावरीमा बुझाइएको ब्यूरोका प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले जानकारी दिनुभयो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























