देश/प्रदेश

वाणिज्य बैङ्कको निष्क्रिय कर्जा ४.५५ प्रतिशत

Banner

काठमाडौँ, माघ १०-

सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैङ्कको चालु आर्थिक वर्षको प्रथम छ महिनासम्मको निष्क्रिय कर्जा ४.५५ प्रतिशत रहेको तथा नाफा रु एक अर्ब ७५ करोड भएको जनाएको छ । यो अपरिस्कृत विवरण हो ।

बैङ्कको ६१ औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा बैङ्क सञ्चालक समितिका अध्यक्ष देवकुमार ढकालले उत्पादनशील क्षेत्रलाई प्राथमिकतामा राखेर बैङ्कले कर्जा प्रवाह गरिरहेको जानकारी दिनुभयो ।

“ हाल पूँजीबजार, निर्माण, सेवा, लगानी प्रवद्र्धन एवं विकास निर्माणका क्षेत्रमा सकारात्मक सङ्केत देखिएका छन्, यसले अर्थतन्त्रमा आशाको सञ्चार गरेको छ”, उहाँले भन्नुभयो ।

बैङ्कका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले नवीन सोच र सङ्कल्पका बैङ्कले वित्तीय सेवा प्रवाह गर्दै आएको बताउनुभयो ।

कर्जा प्रवाह बढाउनु चुनौती भएको स्वीकार गर्दै उहाँले भन्नुभयो, “बैङ्कको पूँजीको आधार सुदृढ बनाउन रु तीन खर्ब बराबरको ऋणपत्र निष्कासनको तयारीमा रहेको छ । बैङ्कसँग हाल कर्जा निक्षेपको अनुपातका आधारमा रु एक खर्ब ७१ अर्ब तथा तरलताका आधारमा रु एक खर्ब ३९ अर्बको लगानीयोग्य रकम देखिएतापनि पूँजी पर्याप्ताका आधारमा थप रु १८ अर्ब मात्र कर्जा प्रवाह गर्ने अवस्था छ ।”

कार्यक्रममा दिइएको जानकारीअनुसार बैङ्कले निक्षेपतर्फ ४७ लाख ४३ हजार र कर्जातर्फ दुई लाख २६ हजार भन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको छ । चुक्ता पूँजी रु १५ अर्ब ६३ करोड भएको बैङ्कले चालु आवका छ महिनामा कुल निक्षेप रु पाँच खर्ब ५३ अर्ब सङ्कलन तथा रु १९ अर्ब बराबरको कर्जा प्रवाह गरेको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>