देश/प्रदेश

सुशासनका लागि अभियान सञ्चालन गर्दै ‘रामप्रसादराई’ पालिका

Banner

भोजपुर, माघ १० –

यहाँको रामप्रसादराई गाउँपालिकाले सुशासन कायम गर्न अभियान सञ्चालन गर्ने भएको छ ।

शुक्रबार यहाँ आयोजित स्थानीय सरकारसम्बन्धी अभिमुखीकरण कार्यक्रममा उक्त जानकारी दिइएको हो । प्रमुख जिल्ला अधिकारी राजन पौडेलसहित जनप्रतिनिधि तथा सरोकार भएकाहरुको उपस्थितिमा भएको उक्त कार्यक्रममा गाउँपालिका अध्यक्ष थामबहादुर राईले परदर्शिता र जवाफदेहीता सुनिश्चित नभएसम्म सुशासन कायम गर्न सम्भव नहुने भएकाले अभियान नै सञ्चालन गर्नुपरेको बताउनुभयो ।

सुशासन तथा स्थानीय सेवा समितिका संयोजक एकराज आचार्यले सुशासनको अभावमा सेवा प्रवाह प्रभावित हुने भएकाले हरेक कर्मचारीलाई जिम्मेवार बनाउन अभियान थालिने जानकारी दिनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>