देश/प्रदेश
डोल्पाको काइगाउँमा भारी हिमपात, जनजीवन प्रभावित
०

डोल्पा, माघ १०
डोल्पाको काइगाउँमा शुक्रबारदेखि जारी भारी हिमपातका कारण जनजीवन प्रभावित भएको छ। शुक्रबार रातिदेखि निरन्तर हिमपात भइरहेकाले यातायातका साधनहरू ठप्प भएका छन् भने बाहिर आवतजावत गर्नसमेत कठिनाइ भएको छ।
लगातार परेको हिमपातका कारण स्थानीय बासिन्दाहरू घरभित्रै बस्न बाध्य भएका छन्। चिसो अत्यधिक बढेसँगै दैनिक जनजीवन समेत प्रभावित भएको स्थानीयले बताएका छन्।

तस्बिरहरूःभाष्कर बस्नेत, धर्मराज रोकायाःनेपाल फोटो लाइब्रेरी
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























