चितवन विशेष

कांग्रेसले चितवनका दुई क्षेत्रमा टुङ्ग्यायो उम्मेदवार, क्षेत्र नम्बर १मा रक्साकस्सी

Banner

चितवन, माघ ६-

नेपाली कांग्रेसले चितवनका दुई वटा निर्वाचन क्षेत्रका उम्मेदवारको नाम टुंगाएको छ । नेपाली कांग्रेसले चितवन क्षेत्र नम्बर २मा अधिकारकर्मी मिना खरेल र निर्वाचन क्षेत्र नम्बर ३मा कांग्रेस नेता टेकप्रसाद गुरुङलाई आफ्नो आधिकारीक उम्मेदवार बनाउने निर्णय गरेको हो ।

यस्तै चितवन क्षेत्र नम्बर १को उम्मेदवारको नाम भनै अझै फाइनल नभएको नेपाली कांग्रेस चितवनका जिल्ला सचिव धुर्व पोखरेलले जानकारी दिए । खरेल राजनीतिक, सामाजिक एवं अधिकारकर्मीका रुपमा परिचित छन् भने गुरुङ तत्कालिन जिल्ला विकास समिति चितवनका सभापति, पार्टी सभापति र यसअघि केन्द्रीय सदस्य समेत भइसकेका व्यक्ति हुन् । क्षेत्र नम्बर १मा भने बासु ढुंगाना, राजेन्द्र बुर्लाकोटी लगायतको नाम कांग्रेस चितवनले अघि सारेको छ । आज प्रतिनिधि सभाको निर्वाचनका लागि मनोनयनको दिन समेत हो । अहिले उम्मेदवार टुंगाउनका लागि छलफल भइरहेको पोखरेलले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>