चितवन विशेष

ज्योतिष परिषद् नेपालको अध्यक्षमा मेघराज आचार्य चयन

Banner

चितवन, माघ ४
ज्योतिष परिषद् नेपालको अध्यक्षमा दाङका मेघराज आचार्य चयन भएका छन् । शनिबार देवघाटमा समपन्न भएको प्रथम राष्ट्रिय महाधिवेशनले आचार्यको नेतृत्वमा ३१ सदस्य कार्यसमिति चयन गरेको हो ।

१७ सदयस्य पदाधिकारी रहेको कार्यसमितिमा नौ जना उपाध्यक्ष रहेका छन् । अधिवेशनले वरिष्ठ उपाध्यक्षमा भूपेन्द्रराज घिमिरे, महिला उपाध्यक्षमा सावित्री अधिकारी, अन्य उपाध्यक्षहरुमा माधव सापकोटा, हृदयराज बजगाई, कमल प्रसाद भट्टराई, गंगप्रसाद उपाध्याय (शंकर), मीन प्रसाद भट्टराई, श्रीकृष्ण गौतम र पिताम्बर पौडेल रहेका छन् ।

यस्तै महासचिवमा केशव गौतम, उपमहासचिवमा लवहरि अधिकारी, सचिवमा रामशरण सिंंखडा, सहसचिवमा बालकृष्ण घिमिरे, कोषाध्यक्षमा भूपेन्द्र पौडेल, सहकोषाध्यक्षमा कमल प्रसाद कोइरालामा प्रचार सचिवमा विदुर पोखरेल रहेको मुख्य निर्वाचन अधिकृत अधिवक्ता मणिराज आचार्यले जानकारी दिए । यसैबिच सदस्यहरुमा थानेश्वर रिजाल, कृष्णप्रसाद पराजुली, गोकर्णहरि दाहाल, सरिता खनाल (हुमगाई), तुलसा आचार्य, विष्णु देवकोटा, वसन्ती नहर्की, कृष्णप्रसाद अर्याल, देवीलाल सुवेदी, हिराचन्द्र बराल, पूर्ण प्रसाद पँगेनी, दुर्गाबहादुर कुँवर, मदन शर्मा, स्थानेश्वर न्यौपाने आनन्दप्रसाद भुसाल रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>