चितवन विशेष
चितवनमा रविसँग भिड्न कांग्रेसले अघि सार्यो अधिकारकर्मी मिना खरेललाई
०

चितवन, माघ ४-
नेपाली कांग्रेस चितवनले निर्वाचन क्षेत्र नम्बर २ बाट महिला अधिकारकर्मी मीना खरेललाई प्रतिनिधि सभाको उम्मेदवार बनाउने निर्णय गरेको छ । नेपाली कांग्रेस चितवनका जिल्ला सचिव ध्रुव पोखरेलका अनुसार जिल्ला पार्टीले सर्वसम्मत उम्मेदवार बनाउने निर्णय गरेको हो । राजनीतिक, सामाजिक एवं अधिकारकर्मी खरेलको नाम लगभग निश्चित भएको नेपाली कांग्रेस चितवनका जिल्ला सचिव ध्रुव पोखरेलले पनि जानकारी दिनुभयो । ‘चितवन २ मा उहाँको उम्मेदवारी लगभग निश्चित हो,’ उनले भने ‘केन्द्रीय संसदीय बोर्डले निर्णय गर्न बाँकी छ ।’ चितवन २ रास्वपा सभापति रवि लामिछानेको क्षेत्र समेत हो । यहाँ नेकपा एमालेले युवा अस्मिन घिमिरेलाई प्रतिनिधि सभाको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























