चितवन विशेष

रविसहितको सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दा संशोधन गर्न चार जिल्लामा पुग्यो पत्र

Banner

काठमाडौं, माघ ०४-

महान्यायाधिवक्ता कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलगायतका प्रतिवादीविरुद्ध दर्ता भएको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोगपत्र सच्याएर फिर्ता लिन आइतबार चार जिल्लाका सरकारी वकिलको कार्यालयमा निर्देशनसहितको पपिरपत्र पठाएको छ ।

महान्यायाधिवक्ता सविता बराल भण्डारीले लामिछानेको हकमा मात्र मुद्दा संशोधनमा जाँदा चर्को आलोचना भएपछि सम्पत्ति शुद्धीकरण र संगठित अपराधका सबै अभियुक्तको अभियोगपत्र संशोधन गर्ने निर्णय शुक्रबार (पुस २) लिएकी थिइन् । लामिछानेसँग जोडिएका सबै प्रतिवादीको संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग संशोधनका लागि काठमाडौं, कास्की, पर्सा र रुपन्देही जिल्ला सरकारी वकिलको कार्यालयमा निर्देशनसहितको परिपत्र गएको महान्याधिवक्ता कार्यालय प्रशासनका अधिकारीले बाह्रखरीलाई जानकारी दिएका छन् । निर्णयसहितको परिपत्रपछि अभियोगपत्र सच्याउन सरकारी वकिललाई बाटो खुलेको छ ।

हाल कास्की, रुपन्देही, पर्सा र काठमाडौंको सहकारी ठगी प्रकरणसँगै जोडिएको सम्पत्ति शुद्धीकरण र संगठित अपराधमा लामिछाने, जीबी राई, छविलाल जोशी वञ्जोड, कुमार रम्तेलसहित १ सय ५३ प्रतिवादीलाई सजायको मागसहित मुद्दाहरू विचाराधीन छन् । कास्कीको सुर्यदर्शन सहकारी ठगी प्रकरणमा मात्र रवि, जिवी र छविसहित ६३ जना प्रतिवादीविरुद्ध संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>