समाचार

आजको मौसमः तराईका अधिकांश स्थानमा हुस्सु लाग्ने

Banner

काठमाडौं, पुुस २६-

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको जनाएको छ । साथै दक्षिण–पश्चिम बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ ।

महाशाखाका अनुसार अहिले कोशी, मधेश र लुम्बिनी प्रदेशका तराई भूभागमा हुस्सु र कुहिरो रहनुका साथै बाँकी तराई भूभागका केही स्थानमा हुस्सु लागेको छ । आज दिउँसो तराई भूभागका अधिकांश स्थानमा मध्याह्नसम्म हुस्सु र कुहिरो रहनेछ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

आज राति तराई भूभागका केही स्थानमा हुस्सु रहनेछ । देशका पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहनेछ । आज सूर्योदय बिहान ६ बजेर ५६ मिनेटमा र सूर्यास्त साँझ ५ बजेर २६ मिनेटमा हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>