समाचार
डेनिमनेशनका उत्पादन अन्तराष्ट्रिय स्तरसम्म माग

चितवन, पुस २५-
डेनिम नेसन प्रा.लि.ले डेनिम नेसन ब्राण्डका नाममा ग्राहकको चाहना बमोजिमका कपडाहरू डिजाइनिङ, ब्राण्डिङ र बिक्री वितरण गर्दै आएको छ । सन् २०१७ मा स्थापना भएको डेनिमेशनको डिजाईन अन्तराष्ट्रिय स्तरसम्म पुगेको कम्पनीका अध्यक्ष शुशिल बेलबासेले जानकारी दिनुभयो ।
‘हामीले उपभोक्ताको चाहाना अनुसार डिजाईन गरेर चीनका विभिन्न कम्पनीबाट कपडा उत्पादन गर्ने गर्दछौँ,’ उहाँले भन्नुभयो ‘अहिले हाम्रो डिजाईन अन्तराष्ट्रिय स्तरसम्म पुगेको छ ।’ नेपालमा जनशक्तिको अभावका कारण चीनका गार्मेन्टमा कपडा सिलाउन दिने गरेको उहाँले बताउनुभयो ।
‘नेपालमा कालिगढहरु भारतबाट आउने गर्दछन् । यहाँको सामान पनि त्यति गुणस्तरिय हुँदैन,’ उहाँले भन्नुभयो ‘चीनमा जनशक्ति पनि सस्तो र त्यहाँको सामान गुणस्तरिय हुने भएकाले अन्तराष्ट्रिय स्तरमा प्रतिस्प्रर्धा गर्न सजिलो हुन्छ ।’ अहिले आफ्नो कम्पनीले डिजाइन गरेका सामानहरु अन्तराष्ट्रिय बजारमा गइरहेको उहाँले बताउनुभयो । कपडा बनाउनका लागि कच्चा पदार्थ चीनसँग नै निर्भर हुने भएकाले चीनका गार्मेन्टसँग मिलेर काम गरिरहेको उहाँको भनाई छ ।
यो ब्राण्डका शिरदेखि पाउसम्मका लागि आवश्यक पर्ने कपडाहरू अहिले नेपाली बजारमा उपलब्ध छन् र विशेषगरी युवाहरूबीच डेनिम नेसन ब्राण्ड लोकप्रिय हुँदै गएको छ ।

काठमाडौँको रञ्जनामल र बुटवलको राममन्दिर लाइनमा होलसेल तथा सामाखुशीको सीटी स्क्वायर र कलंकी नजिकको खसिबजारमा रहेको नेशसनल बिजनेस तथा ट्रेड सेन्टर ९एनबीटीसी० मा आफ्नै आउटलेट र देशका सबै सानाठूला शहरहरूमा डेनिम नेसनका खुद्रा बिक्री वितरण केन्द्र रहेका छन् । यस ब्राण्डका सामानहरू बिक्री वितरणमा खुद्रा व्यापारीहरूबीच अस्वस्थ प्रतिस्पर्धा हुन नपाओस् भन्नेमा आफूले ध्यान दिएको अध्यक्ष बेल्वासेको भनाइ छ । समयको मागअनुसार पसलहरूबाट प्रत्यक्ष र अनलाइन मार्फत पनि बिक्री वितरणको काम हुँदै गएको छ ।
सन् २००६मा चीनमा ट्रेडिङ कम्पनी स्थापना गरेर बेलबासेले त्यहाँबाट सामान निर्यात गर्दै आउनुभएको थियो । त्यसपछि सन् २०१७ सालबाट डिजाईनिङ पेशामा लागेको उहाँले बताउनुभयो । नेपाली युवाहरूको चाहनाबारे गहिरोसँग अध्ययन गरेपछि मात्र डिजाइनिङ र ब्राण्डिङका काम गर्ने गरिएको छ । विशेष गरी जिन्स, टिर्सट र ज्याकेटको डिजाइन बढी गर्ने गरेको उहाँले बताउनुभयो । उहाँका अनुसार १ हजार आठ सयदेखि १० हजार रुपैयाँसम्मका कपडाको डिजाईन गरिने बताउनुभयो ।
डेनिम नेसन नेपालका ७७ वटै जिल्लाका मुख्य सहरहरुमा उपलब्ध छ । यस वर्ष देखी काठमाण्डौ, भक्तपुर र ललितपुरबाट स्थानिय वितरकसंगको सहकार्यमा सम्पुर्ण ठुला सहरमा आफ्नै सोरुम खुल्दै गएको छ । नेपालका विभिन्न सहरसंगै विदेसमा भारत, मध्यपुर्व, युरोप र अष्ट्रेलियाबाट समेत सोरुमकोलागि माग भएकोले कम्पनी गुणस्तरमा दिनप्रतिदिन सुधार गरीरहेको छ ।
यसैबीच नेपालमा लोकप्रिय बन्दै गएको ‘डेनिम नेसन’ ब्राण्डको ब्राण्ड एम्बेस्डरमा दुर्गेश थापा छन् । समयको मागअनुसार पसलहरूबाट प्रत्यक्ष र अनलाइन मार्फत पनि बिक्री वितरणको काम हुँदै गएको छ । एम्बेस्डर थापाले डेनिमिक डिजानहरु सबैले रुचाएको बताए । उनका अनुसार लगाउन समेत सहज छ ।

























