समाचार
एकहजार १२ थान ग्यास सिलिण्डर नष्ट
०

देवदह, पुस १६-
यहाँको सियारी गाउँपालिका–१ चिलिहयास्थित त्रिशूल ग्यास प्रालिमा एक हजार १२ थान एलपी ग्यास सिलिण्डर नष्ट गरिएको छ । उपभोक्ताको हितलाई मध्यनजर गरी प्रयोग हुन असुरक्षित देखिएका ग्यास सिलिण्डर आज नष्ट गरिएको प्रालिका प्रबन्धक देवीप्रसाद भुसालले बताउनुभयो ।
उद्योगमा रहेको त्रिशूल ब्राण्डको लोगो अङ्कित ग्यास सिलिण्डर स्क्रयाप गर्ने निर्णय अनुसार नष्ट गरिएको भुसालले जानकारी दिनुभयो । उहाँका अनुसार २०७७ सालमा एभरेष्ट ग्यास संसार अन्तर्गतको त्रिशूल ग्यास प्रालिले त्रिशूल ग्यास ब्राण्डको एक हजार १५ थान सिलिण्डर नष्ट गरेको थियो । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























