समाचार
कुलमान घिसिङ रास्वपाको उपसभापती र समानुपातिकमा १८ जनालाई समावेश गराइने
०

काठमाडौं, पुस १४-
कुलमान घिसिङलाई उपसभापति बनाउनेगरी रास्वपा सभापति रवि लामिछानेसँग सहमति भएको छ । उनीहरूबीच अहिले सहमतिको ड्राफ्टमा हस्ताक्षर हुँदैछ । स्रोतका अुनसार, घिसिङलाई पार्टीको उपसभापति बनाउननेगरी सहमति भएको हो ।
त्यस्तै, १८ जना समानुपातिकमा कुलमान घिसिङको टिमबाट समावेश हुने पनि सहमति भएको छ । पार्टी सभापति रवि र प्रधानमन्त्रीको उम्मेदवार बालेन हुनेगरी यसअघि नै सहमति भइसकेको थियो । उक्त सहमतिमा असन्तुष्ट देखिएका कुलमानसँग पटकपटक छलफल भएको थियो । सोमबार काठमाडौंमा उनीहरूबीच पुनस् भएको छलफलमा सहमति जुटेको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























