समाचार

रवि, बालेन र कुलमानबीच एक घण्टादेखि वार्ता

Banner

काठमाडौं, पुस १४-

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने, ऊर्जामन्त्री तथा उज्यालो नेपालका संरक्षक कुलमान घिसिङ र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच एक घण्टादेखि वार्ता जारी छ ।

हामी नेपाल नामक गैरसरकारी संस्थाका संयोजक सुधन गुरुङले कुलमानलाई तानेर आफ्नो गाडीमा लगेपछि वार्ता सम्भव भएको हो । कुलमाननिकट स्रोतका अनुसार, बालेनसहितको त्रिपक्षीय वार्ता एक घण्टादेखि जारी छ ।

यसअघि भएका वार्तामा कुलमान र रास्वपाबीच पदीय बाँडफाँट नमिलेपछि सहमति जुट्न सकेको थिएन । कुलमानले रास्वपालाई कार्यकारी सभापति, चुनाव चिह्न चिम र आलोपालो प्रधानमन्त्री बन्नुपर्ने प्रस्ताव राखेको थियो । सो प्रस्ताव रास्वपाले अस्वीकार गरेको थियो ।

समानुपातिक बन्दसूची तयार पारेर उज्यालो नेपाल पार्टीको टिम निर्वाचन आयोग पुगिसकेको छ । समानुपातिकको बन्दसूची बुझाउने आज अन्तिम दिन रास्वपाले भने अझै बुझाएको छैन । द काउन्सिल अफ जेनजीका गुरुङ, ओजस्वी थापा लगायतले जसरी भएपछि मिल्नैपर्ने दबाब दिइरहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>