अन्तर्राष्ट्रिय

३६ बलमै शतक प्रहार गर्दै वैभव सूर्यवंशीले तोडे ३९ वर्ष पुरानो रेकर्ड

Banner

नयाँ दिल्ली पुस ९ –

भारतीय युवा ब्याटर वैभव सूर्यवंशीले विजय हजारे ट्रफीमा अरुणाचल प्रदेश विरुद्ध विस्फोटक ब्याटिङ गर्दै विश्व क्रिकेटमा नयाँ इतिहास रचेका छन्। बिहारका लागि खेल्दै वैभवले मात्र ३६ बलमा शतक पूरा गरेर लिस्ट ए क्रिकेटमा शतक बनाउने विश्वकै कान्छो खेलाडीको कीर्तिमान आफ्नो नाममा गरेका हुन्। उनले पाकिस्तानका जहुर इलाहीले ३९ वर्षअघि कायम गरेको रेकर्डलाई ध्वस्त पारेका छन्।

वैभवले आजको खेलमा देखाएको यो प्रदर्शन भारतको लिस्ट ए क्रिकेट इतिहासकै दोस्रो द्रुत शतक पनि हो। भारतका लागि सबैभन्दा छिटो ३५ बलमा शतक प्रहार गर्ने कीर्तिमान अनमोलप्रीत सिंहको नाममा छ। वैभवले युसुफ पठान (४० बल) र अभिषेक शर्मा (४२ बल) जस्ता दिग्गज खेलाडीहरूलाई पछि पार्दै ३६ बलमा यो सफलता हात पारेका हुन्।

विश्व क्रिकेटको समग्र तथ्याङ्क हेर्दा लिस्ट ए मा सबैभन्दा छिटो शतक प्रहार गर्ने कीर्तिमान अस्ट्रेलियाका जेक फ्रेजर(म्याकगर्क (२९ बल) को नाममा छ भने दक्षिण अफ्रिकाका एबी डिभिलियर्सले ३१ बलमा शतक प्रहार गरेका थिए ।

आउट हुनअघि उनले ८४ बलमा १९० रन जोड्‌दै दोहोरो शतकबाट थोरैले चुके। उनले यस क्रममा १६ चौका र १५ छक्का प्रहार गरे।-एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>