अन्तर्राष्ट्रिय

ब्राउन विश्वविद्यालयमा गोलाबारी हुँदा दुई जनाको मृत्यु, आठ जना गम्भीर घाइते

Banner

काठमाडौँ , मङ्सिर  २८ –

अमेरिकाको रोड आइल्याण्डको ब्राउन विश्वविद्यालयमा गोलाबारी हुँदा दुई जनाको मृत्यु भएको छ भने आठ जना गम्भीर घाइते भएका छन् । शनिबार साँझ विश्वविद्यालयमा गोलाबारी भएको हो ।
अस्पतालमा घाइतेहरूको अवस्था स्थिर रहेको बताइएको छ । प्रोभिडेन्सका मेयर ब्रेट स्माइलीले अधिकांश घाइते गम्भीर रहेकोले मृतकको संख्या बढ्न सक्ने बताएकी छिन् ।

घटनाका संदिग्ध अझै फरार छन् । प्रहरीले आक्रमणकारी कालो पोसाक लगाएका पुरुष भएको र पैदलै भागेको बताएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार स्थानीय समय अनुसार १६ः०५ मा भएको गोलीबारीबारे आफूलाई जानकारी गराइएको बताएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>