चितवन विशेष

आजदेखि ‘चित्तौन कचहरी’को तेस्रो संस्करण सुरु

Banner

चितवन, २५ मंसिर-

चितवनको नारायणी कला मन्दिरमा आज देखि ‘चित्तौन कचहरी’को तेस्रो संस्करण सुरु भएको छ। तीन दिनसम्म (२५–२७ मंसिर) चल्ने यो विचार, साहित्य र बहसको उत्सवमा कविता, गजल, नाटक, बहस तथा विद्वत प्रवचनका विविध कार्यक्रमहरू समावेश छन्। उद्घाटनको दिन कविता र गजल वाचनको विशेष सत्र रहेको छ भने २६ र २७ गते १५ वटा गम्भीर बहस तथा मन्थन सत्रहरू आयोजना हुनेछन्। उत्सवको मुख्य आकर्षणका रूपमा भारतकी ख्यातिप्राप्त आदिवासी कवि तथा चिन्तक जसिन्ता केरकेट्टाको विद्वत प्रवचन रहनेछ।

उत्सवकै सत्रमा जसिन्ता केरकेट्टा, मनोज बोगटी र अरिफ राजाका कविताहरूमा आधारित नाटक मञ्चन हुँदैछ। आयोजक तथा संस्थापक निर्देशक सारिता तिवारीका अनुसार यसपटक उत्सवको केन्द्रबिन्दु भदौ २३–२४ गते भएको युवा विद्रोह, त्यसले निम्त्याएको राजनीतिक–सामाजिक उथलपुथल र अबको भावी कार्यदिशामाथिको गहिरो मन्थन हुनेछ। सधैंझैं भुइँमान्छेका आवाज, सरोकार र पीडालाई पनि प्राथमिकताका साथ समेटिनेछ।

नेपाल र भारतका गरी ५० भन्दा बढी प्रख्यात विद्वान, विश्लेषक, युवा राजनीतिज्ञ, अभियन्ता, साहित्यकार र पत्रकारहरू वक्ता, सहजकर्ता तथा प्यानलिस्टका रूपमा सहभागी हुँदैछन्। बेटर चितवन र नारायणी कला मन्दिरको संयुक्त आयोजनामा हुन गइरहेको यस उत्सवमा ४५ भन्दा बढी संस्थाहरूले सहकार्य गरेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>