चितवन विशेष

बुधबारदेखि सरकारले तीन महिना ‘मानसिक स्वास्थ्य सचेतना अभियान’ सञ्चालन गर्ने

Banner

काठमाडौँ, मङ्सिर २३-

सरकारले बुधबारदेखि ‘मानसिक स्वास्थ्य सचेतना अभियान’ सञ्चालन गर्ने भएको छ । राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा बुधबारदेखि फागुन ३० गतेसम्म तीन महिना अभियान सञ्चालन गर्ने जानकारी दिइएको हो ।

केन्द्रकी निर्देशक डा राधिका थपलियाले मानसिक स्वास्थ्य सचेतना फैलाउने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको बताउनुभयो । उहाँले ‘जेनजी’ प्रदर्शनपछि सबै वर्गमा तनाव थपिएको भन्दै अभियानले थोरै भए पनि त्यसमा सकारात्मक भूमिका खेल्ने बताउनुभयो ।

निर्देशक डा थपलियाले भन्नुभयो,“पछिल्लो समय सबै वर्गमा तनाव थपिएको छ । त्यसैले मानसिक स्वास्थ्यमा सकारात्मक योगदान दिने उद्देश्यसहित अभियान सुरु गर्दैछौँ । मानसिक स्वास्थ्यबारे सबैले खुलेर कुरा गरौँ । अभियानबाट लाभान्वित होऔँ ।”

केन्द्रका वरिष्ठ जनस्वास्थ्य प्रशासक उपेन्द्र ढुङ्गानाले मानसिक स्वास्थ्यलाई समग्र स्वास्थ्यको अभिन्न हिस्साको रूपमा जनचेतना बढाउने उद्देश्यले अभियान थालिएको बताउँदै हरेक महिना फरक खालका विषयमा सचेतनाका कार्यक्रम गरिने जानकारी गराउनुभयो ।

विश्व स्वास्थ्य सङ्गठनका मनोचिकित्सक डा केदार मरहट्टाले मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्नुपर्ने बताउनुभयो । उहाँले नेपालमा १० मध्ये एक जनामा मानसिक स्वास्थ्य समस्या रहने बताउँदै यो जनस्वास्थ्यमाथिको गम्भीर चुनौती भएको धारणा राख्नुभयो ।

नेपाल प्रहरीको तथ्याङ्कअनुसार आव २०८१र८२ मा सात हजार ५५ जनाले मानसिक समस्याका कारण आत्महत्या गरेको पनि त्यस अवसरमा जानकारी दिइयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>