देश/प्रदेश

वडा कार्यालय भवन निर्माण

Banner

जुम्ला, मङ्सिर १३ –

जुम्लाको गुठीचौर गाउँपालिका–१ ले वडाको नवनिर्मित पक्की भवनबाट सेवा सुरु गरेको छ । भवन सघन सहरी विकास तथा भवन निर्माण आयोजना कार्यालय जुम्लाले वडाको प्रशासकीय भवन निर्माण गरेको हो ।

उक्त भवन निर्माणका लागि सघन सहरी विकास कार्यालयको रु ४७ लाख बजेटमा वडाको प्रशासकीय भवन निर्माण भएको वडाध्यक्ष अर्जुनकुमार महताराले बताउनुभयो । यहाँका आठ स्थानीय तहका ६० वटा वडा कार्यालय रहेका छन् । जसमध्ये अधिकांश कार्यालय भाडाका घरमा सञ्चालन भइरहेका छन् ।

कार्यालयले चारकोठेसहितको एकतले भवन निर्माण गरेको छ । दोस्रो तला पनि थप गर्ने योजना बनाइएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>