देश/प्रदेश

आज मिति २०८२ साल मंसिर १३ गते शनिबार, यस्तो छ तपाईको राशिफल

Banner

चितवन, मंसिर १३-

वि.सं.२०८२ साल मंसिर १३ गते शनिबार, यस्तो छ ज्योतिषी भुपेन्द्र राज घिमिरेले तयार पार्नुभएको राशिफलः

मेष:

घरमा अतिथीको आगमन हुनेछ । पुरानो समस्या सुल्झाउन सकिनेछ । इष्टमित्रको सहयोगले कठिन कार्य पनि सजिलै सम्पादन गर्न सकिनेछ । चिया÷कफीको बहानामा कुनै साथीसित भेटघाट हुन सक्नेछ ।

वृष:

दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । न्यायिक कार्यमा सफलता मिल्नेछ । कुनै कुराले मनमा नयाँ उर्जा थपिनेछ । घर परिवारसँग सुख र मनोरञ्जन पूर्वक दिन बित्नेछ ।

मिथुन:

वैदेशिक एवं शैक्षिक कार्य सफल । धार्मिक एवं सामाजिक कार्यमा मन जानेछ । ब्यपार ब्यावसायबाट प्रसस्त अर्थोपार्जन हुनेछ । दाजुभाई तथा कुलकुटुम्बहरु सँगको सम्बन्ध पनि सुमधुर रहनेछ ।

कर्कट:

आर्थिक सङ्कटले मनमा छटपटी व्याप्त हुनेछ । यात्रा तथा प्रवासमा कष्ट हुने देखिन्छ । कुनै पनि कुरामा नहतारिएकै उचित हुनेछ । कार्यक्षेत्रमा आफ्नो कार्यप्रति इमान्दारिता राख्नु राम्रो पक्ष हुन आउने छ ।

सिंह:

चिताएको कामले तीव्रता लिनेछ । उद्योग व्यापार व्यावसायमा वृद्धि हुनेछ । साझेदारी व्यापारबाट लाभ आर्जनका योग छन् । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । बेलुकी अकस्मात अप्रिय समाचार सुन्नुपर्ने होकि जस्तो देखिन्छ ।

कन्या:

धनार्जनका नयाँ श्रोतहरु पत्ता लाग्नेछन् । पारिवारिक सद्भाव बढ्नेछ । अड्किएका तथा थाती रहेका कार्यहरु पुनः लक्ष्यप्राप्ती तर्फ उन्मुख हुने छन । महत्त्वाकांक्षी कार्य शुभारम्भ गर्ने समय छ ।

तुला:

विद्या बुद्धिको विकास हुनेछ । विगतको श्रमबाट राम्रै लाभ हुनेछ । यात्रा तथा वैदेशिक कार्य अघि बढ्नेछ । राजनैतिक खिचातानीमा पनि जीत तपाईंको हुनेछ । प्रेमप्रणयमा रमाउने दिन रहेको छ ।

बृश्चिक:

विवादित कार्यमा हात नहाल्नुहोला । चाँडो विश्वास गर्दा धोका हुनसक्नेछ । विभिन्न कार्यहरु सम्पन्न गर्न धन, बुद्धि तथा शारीरिक शक्ति खर्च हुनेछ । बेलुकीपख भने शुभ समाचार सुन्न पाइनेछ ।

धनु:

उपलब्धिको दृष्टिबाट दिन रामै देखिन्छ । गरेका धेरैजसो काममा सफलता मिल्नेछ । समय आफू अनुकूल हुँदा सबै कामकुरामा सहज हुनेछ । बेलुकीपख भने अरुको अप्ठ्यारो कार्यको जिम्मेवारी लिनुपर्ने होकि भन्ने समय देखिन्छ ।

मकर:

कला र गलाको प्रभाव बढ्नेछ । आर्थिक पक्ष सुदृढ बन्नेछ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ । नयाँ सम्पर्कबाट लाभ मिल्नेछ ।

कुम्भ:

धन,वस्त्र,अलंकारको लाभ हुनेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । साहित्य अध्ययनमा मन जानेछ । कार्य सम्पादनको क्रममा भाइ बन्धुहरुको सहयोग लिन उचित हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ ।

मीन:

धनमाल हराउने वा चोरी हुने भयछ । व्यापारिक लगानी वढ्नेछ । फाइदाका पछि लाग्दा धनमाल गुम्न सक्ने छ । काम रोकिनाले दोहोर्याएर प्रयत्न गर्नुपर्ला । टाढाका साथीभाइले कामकारोवारमा साथसहयोग दिनेछन् ।

rashifal

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>