देश/प्रदेश

कान्तिपथमा कारले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु , दुई जना घाइते

Banner

काठमाडौं , मंसिर ११ –

काठमाडौं महानगरपालिका–२७ कान्तिपथमा कारले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

प्रहरीका अनुसार बीएबी ५७२४ नम्बरको कारले बा. ८२ प २०८८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ओखलढुङ्गाको लिखु गाउँपालिका–९ घर भएका ३४ वर्षीय सन्तोष खड्काको बिहीबार बिहान मृत्यु भएको हो ।

बुधबार राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका खड्काको केएमसी अस्पतालमा उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको हो ।

घाइते भएका स्कुटरमा सवार २ जनामध्ये १ जनाको सोही अस्पतालमा र १ जनाको टिचिङ अस्पतालमा उपचार भइरहेको छ ।

कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>