समाचार

पत्रकार दीपेन्द्र खनियाँ मृत फेला

Banner

काठमाडौं,मंसिर ७-

पत्रकार दीपेन्द्र खनियाँ मृत फेला परेका छन्। आइतबार काठमाडौँ महानगरपालिका १० बानेश्वरस्थित थापागाउँको घरमा मृत फेला परेको काठमाडौँ प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिए। उहाँ घरमै झु न्डिएको अवस्थामा मृत फेला परेको जानकारी आएको थियो। प्रहरीले घटनास्थलको मुचुल्कालगायत आवश्यक कानुनी प्रक्रिया भरखरै सकेको छ उनले भने, अब शव पोस्टमार्टमका लागि लगिन्छ।

खनियाँ रेडियो अडियोका सञ्चालक हुन्। सोही घरमा रेडियो अडियोको कार्यालय पनि सञ्चालनमा थियो। तर, खनियाँले केही महिनाअघि मात्रै घर बिक्री गरेको खुलेको छ। बिक्री गरे पनि उनीहरू त्यहीँ बस्दै आएका थिए। उनका श्रीमती र एक छोरी छन्।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>