देश/प्रदेश

नेपालगञ्जमा ‘इ–लाइब्रेरी’ बन्दै

Banner

नेपालगञ्ज, मङ्सिर ६ –

यहाँस्थित महेन्द्र पुस्तकालय ‘इ–लाइब्रेरी’का रुपमा रुपान्तरण हुने भएको छ । पुस्तकालयका अध्यक्ष बलराम यादवले निकट भविष्यमा पुस्तकालय सञ्चालन हुने बताउनुभएको छ ।

रासससँग कुरा गर्दै अध्यक्ष यादवले प्रदेश तथा सङ्घीय सरकारसँग कम्प्युटर उपलब्ध गराउन माग पनि गर्नुभयो । हाल पुस्तकालयमा तीन वटा कम्प्युटर छन् । इ–लाइब्रेरी सञ्चालनका लागि रु छ लाख आवश्यक भएको बताउनुभयो ।

यसैबीच, लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री आदेशकुमार अग्रवालले आगामी वर्षदेखि पुस्तकालयलाई उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले पनि पुस्तकालयलाई नियमित रूपमा सहयोग गरिने बताउनुभएको छ ।

शुक्रबार भएको पुस्तकालयको १८औँ अधिवेशनले यादवलाई पुनःअध्यक्ष चयन गरेको छ । यसैगरी, उपाध्यक्षमा पङ्कज श्रेष्ठ र कोषाध्यक्ष अजयकुमार टण्डन पनि पुनः निर्विरोध निर्वाचित हुनुभएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>