अन्तर्राष्ट्रिय
भियतनाम बाढीः मृत्यु हुनेको सङ्ख्या ५५ पुग्यो
०

भियतनाम, मंसिर ६-
भियतनामको मध्य क्षेत्रमा भारी वर्षाका कारण आएको बाढीमा परी मृत्यु हुनेहरूको सङ्ख्या ५५ पुगेको जनाउँदै १३ जना अझै बेपत्ता रहेको भियतनाम प्रकोप र डाइक व्यवस्थापन प्राधिकरणले शनिवार रिपोर्ट गरेको छ।
बाढीले करिब ८० हजार हेक्टर धान र अन्य बाली डुबानमा पारेको छ भने ३।२ मिलियन भन्दा बढी कुखुरा तथा गाई वस्तुहरूलाई बगाएर मृत्यु भएको जनाइएको छ।
प्राधिकरणको प्रतिवेदन अनुसार २८ हजार ४०० भन्दा बढी घरहरू डुबानमा परेका छन् भने अन्य ९४६ घरहरू क्षतिग्रस्त भएका छन्। यसै गरी बाढीले लगभग नौ ट्रिलियन भियतनामी डोङ ९लगभग ३५८ मिलियन अमेरिकी डलर० आर्थिक क्षति गरेको अनुमान गरिएको छ। सिन्ह्वा
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























