देश/प्रदेश
अधिकारीलाई डिआइजी बढुवाका लागि सिफारिस
०

काठमाडौँ, मंसिर १-
नेपाल प्रहरीले जनपदतर्फका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीलाई प्रहरी नायब महानिरीक्षक (डिआइजी)पदमा बढुवा गर्न सिफारिस गरेको छ ।
गृह मन्त्रालयअन्तर्गको बढुवा समितिको सचिवालयले बाग्मती प्रदेश प्रहरी कार्यालय अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखा हेटौँडामा कार्यरत अधिकारीलाई डिआइजी पदमा बढुवा गर्न सिफारिस गरेको हो ।
प्रहरीले प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम (४) अनुसार अधिकारीलाई डिआइजीमा बढुवाका लागि सिफारिस गरेको बढुवा समितिका सदस्यसचिव एवम् प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीले जानकारी दिनुभयो । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























