देश/प्रदेश
जेनजी आन्दोलनका क्रममा फरार भएका दुई थुनुवा पक्राउ
०
सुरुङ्गा (झापा), मङ्सिर १ –
जेनजी आन्दोलनका क्रममा फरार भएका दुई थुनुवा पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय झिलझिलेबाट म्याद थप गरी अनुसन्धानमा राखिएका दुई थुनुवा पक्राउ परेका हुन् । उनीहरु जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते हिरासतबाट फरार भएका थिए ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार लागूऔषध मुद्दामा थुनामा रहेर अनुसन्धान भइरहेका शिवसताक्षी नगरपालिका–४ का २९ वर्षीय राजेन्द्र ताजपुरिया र सोही मुद्दाका ४० वर्षीय ननकिशोर साह फरार भएका थिए । इलाका प्रहरी कार्यालय झिलझिलेको टोलीले उनीहरुकै घरबाट पक्राउ गरी पुनः हिरासतमा ल्याएको हो । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























