देश/प्रदेश

जीपको छतमा राखिएको जस्तापाता खस्दा मीनबहादुरको मृत्यु

Banner

गुल्मी, मंसिर १- 

गुल्मीमा गाडीमा सवार एक जना यात्रुको मृत्यु भएको छ । जीपको छतबाट जस्तापाता खसेर लाग्दा गाडीमा सवार यात्रु मुसिकोट नगरपालिका-२ का ४९ वर्षीय मीनबहादुर विकको मृत्यु भएको हो ।

तम्घासबाट निस्ती जाँदै गरेको ग ३ च ४२६० नम्बरको डबल क्याप जीपबाट मुसिकोटको निस्तीमा उकालो बाटोमा जाँदै गर्दा छतमा राखिएको जस्तापाता खसेका थिए । जस्तापाता खसेर टाउकोमा लागेपछि यात्रु मीनबहादुर विक अचेत भएका थिए ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नारायणप्रसाद अधिकारीका अनुसार मीनबहादुरलाई आज (सोमबार) बिहान ३ बजे गुल्मी अस्पतालले मृत घोषणा गरेको थियो । गएराति १० बजेको समयमा यो घटना भएको थियो । गाडी र गाडी चालक प्रहरी नियन्त्रणमा छन् । घटना सम्बन्धि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>