चितवन विशेष

भोलि एमालेको पालिका स्तरीय प्रदर्शनः चितवनका सात वटै पालिकामा कार्यक्रम गरिने

Banner

चितवन, कार्तिक २४ –

नेकपा (एमाले) केन्द्रीय कमिटीले भोलि देशभरका पालिकाहरुमा जन प्रदर्शन गर्ने निर्णय गरेको छ । जस अनुसार चितवनका सात वटै पालिकामा भोलि प्रदर्शन हुने एमाले चितवनका अध्यक्ष कमल पाठकले जानकारी दिए ।

प्रतिगमन विरुद्ध जागरण अभियान तथा सचेतना कार्यक्रम स्वरुप जन प्रदर्शन हुने उनले बताए । प्रदर्शनमा व्यापक जनसहभागिता गराउन विभिन्न नेताहरुलाई समन्वयकर्ताको जिम्मेवारी प्रदान गरिएको छ । जन प्रदर्शनमा नाराहरु पनि तय गरिएको छ । नेकपा (एमाले) जिन्दावाद, जनताको बहुदलीय जनवाद जिन्दावाद, हत्या, हिंसा, आतंक बन्द गर, भ्रष्टाचारीलाई कारबाही गर, शान्ति सुरक्षाको प्रत्याभूति गर, भदौ २३ र २४ गतेको अपराधिक घटनाको निष्पक्ष छानबिन गर, सामाजिक सद्भाव कायम गरौं, संविधानको रक्षा गर, कानुनी राज्यको प्रत्याभूति गर, वीर सहिद अमर रहुन्, प्रतिनिधि सभा पुनः स्थापना गर भन्ने नारा प्रदर्शनका क्रममा लगाइने तय भएको अध्यक्ष पाठकले जानकारी दिए । यही नारा लगाएर शान्तिपूर्ण जनप्रदर्शनमा उत्रन उनले पार्टीका नेता कार्यकर्तासहित आम जनसमुदायलाई आह्वान गरेका छन् ।

कुन पालिकाले कहाँ र कतिबेलाबाट सुरु गर्दैछन् प्रदर्शनः

१. भरतपुर महानगरपालिकाले बिहान ११ बजे चनौलीबाट
२. खैरहनी नगरपालिकाले दिउँसो १२ बजे मगनी चोकबाट
३. कालिका नगरपालिकाले बिहान ११ बजे क्लव चोक चौताराबाट
४. माडी नगरपालिकाको दिउँसो १२ बजे बबईबाट
५.रत्ननगर नगरपालिकाले बिहान ११ बजे पालिका कमिटीको पार्टी कार्यालय अगाडिबाट
६. राप्ती नगरपालिकाले बिहान ११ बजे भण्डारा माविबाट
७. इच्छाकामना गाउँपालिकाले दिउँसो १२ बजे मुग्लिङ् बजारबाट

त्यसैगरी कार्तिक २९ गते देशका सबै जिल्लाहरुमा एकसाथ जनसभा गर्ने निर्णय एमालेले गरेको छ । उक्त जनसभाको तयारी समेत भइरहेको एमाले चितवनका अध्यक्ष पाठकले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>