चितवन विशेष

रामनगरमा पर्यटक बसले ठक्कर दिँदा एक जनाको मृत्यु

Banner

चितवन, असोज ३०–

नारायणघाट–मुग्लिन सडक खण्ड अन्तरगत भरतपुर–१ रामनगरमा पर्यटक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । आज दिउँसो मुग्लिङबाट नारायणघाटतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००१ प १६८४ नम्बरको पर्यटक बसले बिपरित दिशाबाट आउदै गरेको ग २० प ८५५९ नम्बरको स्कुटरलाई ठक्कर दिदा स्कुटर चालक गोरखा साबिक छोप्राक गाविस–२ बस्ने वर्ष ४० का दामोदर घिमिरे गम्भिर घाइते भएका थिए ।

चितवन मेडिकल कलेजमा उपचारको क्रममा दिउँसो १ः२३ बजेको समयमा चिकित्सकले मृत घोषणा गरेको थियो । प्रहरीले बस र बस चालक धादिङ सिद्धालेख गाउँपालिका–३ बस्ने वर्ष ३६ को सन्तोष थापा मगरलाई नियन्त्रणमा लिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>