कृषि

चार हजार हेक्टरमा लगाइएको बाली डुबानमा

Banner

कलैया (बारा), असोज २४-

बारामा यही असोज १७ गते रातिदेखि १९ गते बिहानसम्म परेको अविरल वर्षाका कारण चार हजार हेक्टर क्षेत्रफलमा लगाइएको बाली डुबानमा परेको छ ।

कृषकले खेती गरेको धान, उखु र तरकारी डुबानमा परेको कृषि ज्ञानकेन्द्र बाराका प्रमुख राजनारायण साहले जानकारी दिनुभयो । जिल्लाका १६ वटै स्थानीय तहमा किसानले लगाएको भदैया धान (एक हजार ६१५ हेक्टर), अगहनी (एक हजार ३५७), उखुबाली (४३७ हेक्टर) तथा तरकारी (४८८ हेक्टर) डुबानमा परेको उहाँले बताउनुभयो ।

चालु आर्थिक वर्ष २०८२/८३ मा कृषकले भदैया अगहनी गरी कूल ४६ हजार २० हेक्टर क्षेत्रफलमा खेती गरेको कृषि ज्ञानकेन्द्रले जनाएको छ । डुबानका कारण यस वर्ष उत्पादनमा कमी आउनसक्ने बताइएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>