देश/प्रदेश

लार्केतर्फ जाने क्रममा लेक लागेर एक युवकको मृत्यु

Banner

गोरखा, असोज २४ –

मनास्लु पदमार्गअन्तर्गत लार्केतर्फ जाने क्रममा लेक लागेर एक युवकको मृत्यु भएको छ ।

भक्तपुरको मध्यपुर नगरपालिकाका २३ वर्षीय रोहन प्रजापतिको बिहीबार दिउँसो लेक लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । प्रजापति आफ्ना साथथीहरुसहित मनास्लु पदमार्ग हुँदै लार्के जाने क्रममा बिहीबार उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१ धर्मशाला पुगेका थिए ।

“लार्के पार गर्ने क्रममा प्रजापतिको लेक लागेर ज्यान गएको हो । अन्य चार जना मनाङतर्फ झरेका छन्”, उहाँले भन्नुभयो । प्रजापतिको शव सामागाउँ ल्याइएको र हेलिकोप्टरमार्फत् काठमाडौँ पठाउने तयारी भइरहेको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताउनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>