देश/प्रदेश
काठमाडौँको टोखामा एक जनाको हत्या
०

काठमाडौँ , असोज २४ –
काठमाडौँको टोखामा एक जनाको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
बिहीबार राति टोखा नगरपालिका २ चण्डेश्वरी बस्दै आएका पाँचथरका ४० वर्षीय राम लिम्बुको हत्या भएको हो। फलामको रड प्रहारबाट गम्भीर घाइते भएका लिम्बुको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीले बिहीबार राति नै हत्या आरोपमा टोखा बस्ने उदयपुर घर भएका २७ वर्षीय गणेश लामा र सिन्धुली घर भएका ४० वर्षीय खुप बहादुर तामाङलाई पक्राउ गरेको हो।
उनीहरूले विवादको क्रममा फलामको रड प्रहार गरेको खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























