देश/प्रदेश
सवारी दुर्घटनामा परी ९ जना घाइते
०
सुर्खेत, असोज २४-
हुम्लाको देशीखोलास्थित भित्री सडक खण्डमा शुक्रबार सवारी दुर्घटनामा परी ९ जना घाइते भएका छन् ।
बिहान ११ बजे कर्णाली प्रदेश ०२ ००१ च १०९८ नम्बरको डबल क्याप जिप चंखेली गाउँपालिका–४, देशीखोलामा सडकबाट करिब ३०० मिटर तल खस्दा
९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक (डीएसपी) शंकर पोखरेलले जानकारी दिनु भयो
दुर्घटनाको खबर प्राप्त हुनासाथ मेलछाम प्रहरी चौकीबाट सशस्त्र प्रहरीको कमान्डमा पाँच जनाको टोली उद्धारका लागि घटनास्थलमा खटिएका छन् । उद्धार कार्य जारी रहेको र घटनाबारे थप विवरण आउन बाँकी रहेको उनले बताएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























